सप्तकोशीमा पानीको बहाव उच्च, ५६ मध्य ३० वटा ढोका खोलियो

दियोपोस्ट संवाददाता

काठमाडौँ, असार २६ । लगातारको बर्षापछि सप्तकोशी नदिमा पानीको बहाव बढेको छ । शुक्रबार गरिएको मापन अनुसार सप्तकोशीमा पानीको बहाव यो बर्षकै उच्च रहेको छ ।

कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार सप्तकोशी नदिमा शुक्रबार बिहान १० बजे पानीको बहाव २ लाख ७ हजार ७१५ क्यूसेक मापन भएको छ ।

कोशीमा पानीको बहाव बढ्दो क्रममा रहेका कारण ५६ मध्ये ३० वटा ढोका खुला गरेको कन्ट्रोल रुमले जनाएको छ । ब्यारेजमा खतराको संकेत रातो बत्ती बालिएको छ ।

सम्बन्धित खबर

सिफारिस