गुल्मीमा पहिरोको ढिस्कोले पुरिएर ६२ बर्षीय बृद्धको मृत्यु

गुल्मीमा पहिरोको ढिस्कोले पुरिएर ६२ बर्षीय बृद्धको मृत्यु

काठमाडौँ, असार २६ । गुल्मीमा पहिरोमा परि एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कालिगण्डकी गाउँपालिका–४ का ६२ बर्षीय यमबहादुर श्रीस रहेका छन् ।

शुक्रबार बिहान नजिकैको खेतमा पानी लगाउन गएका उनलाई पहिरोको ढिस्कोले पुरेको हो ।

श्रीमतीसँगै खेतमा गएको बेला श्रीमानलाई पहिरोले पुरेपछि श्रीमतीले आफन्तलाई खबर गरेकी थिइन् ।

शवलाई स्थानीय र प्रहरी मिलेर पहिरोबाट निकालेका थिए । मृतक श्रीसको शवलाई पोष्ट मार्टमको लागि स्थानीय स्वास्थ्य चौकीमा लगिएको प्रहरीले जनाएको छ ।

Trending News