काठमाडौं, २७ असार । सिद्धलेक गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालले दियोपोष्ट डटकममा प्रकाशित समाचारको खण्डन गरेका छन् । विभिन्न मितिमा प्रकाशित समाचारमा आफ्नो आपत्ति रहेको सिलवालले उल्लेख गरेका छन् ।
दियोपोष्टमा गत जेठ २८ गते प्रकाशित ‘सिद्धलेक गाउँपालिका बन्यो अध्यक्षको आफन्त भर्तिकेन्द्र, सम्धी पिए, ज्वाइँलाई जागिर’ शिर्षकको समाचारमा आफ्नो आपत्ति रहेको र समाचारमा कुनै सत्यता नरहेको उनले खण्डनमा उल्लेख गरेका छन् । तर, धादिङकै एक रेडियोलाई केही दिनअघि सिलवालले दिएको अन्तर्वार्तामा भने उनले आफ्ना सल्लाहाकार टंकनाथ शर्मा तिमिल्सिना सल्लाहाकार नियुक्त भएको स्विकार गरेका थिए ।
शिक्षा शाखाका प्रमुख बलाराम अधिकारी पनि नातामा आफ्नो ज्वाइँ पर्ने उनले स्वीकार गरेको अडियो दियोपोष्टसँग सुरक्षित छ ।
त्यस्तै जेठ ३२ गते प्रकाशित ‘सिद्धलेक गाउँपालिकाको कतुर्त लुकाउन मिडियामा लगानी, को हुन् पैसा लिने पत्रकार’ शिर्षकको समाचारमा उनले प्रश्न उठाएका छन् । उक्त समाचार निराधार रहेको उनको भनाई छ । उनका अनुसार गाउँपालिकाले प्रचार प्रसारको लागि धादिङ सञ्चार प्रा.लीलाई मात्रै नर्भ अनय मिडियालाई समेत दिने गरी सम्झौता गरिदिएको हो । स्मरण रहोस् गाउँपालिकाले सोही मिडिया मार्फत दियोपोष्ट डटकममा प्रकाशित समाचारको खण्डन प्रकाशन गराएको थियो । पत्रकार आचार संहितामा एक सञ्चार माध्यममा आएको समाचार अन्य सञ्चार माध्यममार्फत खण्डन गर्नु आचार संहिताको उलंघन हो ।
त्यस्तै असार ७ गते प्रकाशित ‘सिद्धलेक गाउँपालिका फलोअप : अध्यक्ष सिलवाल र पौडेलको मिलेमतोमा ३ करोडको ठेक्का गोलमाल !
शिर्षकको समाचारमा समेत आफ्नो आपत्ति रहेको अध्यक्ष सिलवालको भनाई छ । विधि प्रक्रियामा भएको ठेक्काबारेको समाचार नै अपूर्ण रहेको उनको भनाई छ । यस विषयमा दियोपोष्टले सिलवालको धारणा समेत प्रकाशन गरेको थियो । तर, उनले खण्डनमा भने एकपक्षीय रुपमा समाचार प्रकाशन गरेको आरोप लगाएका छन् ।
असार १३ गते गाउँपालिका घेराउ गर्न आएका जनताबारे लेखिएको समाचार शिर्षक,‘सिद्धलेक गाउँपालिका अध्यक्ष सिलवाल विरुद्ध स्थानियबासी आन्दोलित : कार्यालय घेराबन्दी’ शिर्षकको समाचारमा पनि आफ्नो अपत्ति रहेको सिलवालले खण्डनमा उल्लेख गरोका छन् ।
असार २२ गते प्रकाशित ‘सिद्धलेक गाउँपालिकामा औषधी खरिदमा घोटाला : गुणस्तरहिन औषधी किनेको खुलाशा’ शिर्षकको समाचारमा पनि गाउँपालिकाको आपत्ति छ । गाउँपालिकाको कुनै पनि धारण नलिइ समाचार लेखिएको उनको आरोप छ । तर, दियोपोष्टले प्रमुख प्रशासकिय अधिकृतको धारणा राखेको छ । स्वास्थ्य प्रमुख राम प्रसाद सिलवाललाई पटक पटक फोन गर्दा पनि उनले फोन नउठाएको विषय समेत समाचारमा उल्लेख छ ।
खण्डनको पूर्णपाठ