कोरोना भाइरसबाट थप तीन जनाको मृत्यु, मृत्यु हुनेको संख्या ३८ पुग्यो

कोरोना भाइरसबाट थप तीन जनाको मृत्यु, मृत्यु हुनेको संख्या ३८ पुग्यो

सांकेतिक तस्वीर

काठमाडौँ, असार २७ । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा काठमाडौँका २ जना र सिन्धुपाल्चोकका एक जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमार्फत मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार एकैदिन तीन जनाको कोभिड–१९ को कारण मृत्यु भएको जानकारी दिएका हुन् । उनका अनुसार काठमाडौं महानगरपालिका १० शंखमुलका ६० वर्षका पुरुषको असार २६ गते मृत्यु भएको हो । यस्तै काठमाडौंकै गोकर्णेश्वर नगरपालिका ४ का ५४ वर्षका पुरुषको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको उनले बताए । यसैगरि सिन्धुपाल्चोक पाँचपोखरी ६ का ४५ पुरुषको पनि २५ गते नै निधन भएको छ ।

यो संगै नेपालमा कोभिड–१९ को कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

कोरोना संक्रमितको संख्या भने ह्वात्तै घटेको छ । शनिबारको विवरणअनुसार नेपालभर जम्मा ७० जनालाई कोभिड–१९ को संक्रमण पाइएको छ ।

Trending News