बाढीले पुर्याएको क्षति अवलोकन गर्न चितवन पुगे प्रचण्ड

बाढीले पुर्याएको क्षति अवलोकन गर्न चितवन पुगे प्रचण्ड

काठमाडौँ, असार २७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेका छन् । नारायणी नदिले कटान गरेको क्षेत्रको निरीक्षण गर्न उनी शनिबार चितवन पुगेका हुन्। भरतपुर महानगरपालिकाको वडा नम्बर २७ र २८ को वर्षातले पारेको असरको उनले निरीक्षण गरेका हुन्।

अध्यक्ष प्रचण्डले दुई वडाको सिमाना निउरेमा नारायणी नदीले कटान गरेको क्षेत्रमा तटवन्धको काम प्रभावकारी तरिकाले गर्न निर्देशन समेत दिएका छन् । उनले तटबन्ध निर्माणमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय युवाहरुको प्रशंसा समेत गरेका छन् ।

अवलोकनमा प्रदेश सांसदहरु कृष्ण भुर्तेल र विजय सुवेदी, भरतपुर महानगर प्रमुख रेनु दाहाल, वडाध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।

काठमाडौं–बाढी र पहिरोमा ध्यान केन्द्रीत गर्न स्थायी समिति बैठक स्थगित भएपछि अध्यक्ष दाहाल प्रचण्ड बाढी प्रभावित स्थानको निरीक्षणमा निस्किएका हुन् ।

तस्वीरः क. प्रचण्डको फेसबुक पेजबाट

Trending News