अमिताभ बच्चनलाई कोभिड–१९ को संक्रमण पुष्टि

दियोपोस्ट संवाददाता

काठमाडौँ, असार २८ । वलिउड सुपरस्टार अभिताभ बच्चनलाई कोरोनाभाइरस (कोभिड–१९) पुष्टि भएको छ । शनिबार सामाजिक संजालमार्फत ट्वीट गर्दै आफुलाई कोभिड–१९ पोजेटिभ देखिएको बताएका हुन् । कोभिड–१९ को रिपोर्ट पोजेटिभ देखिएपछि उनलाई नानावती अस्पतालमा भर्ना गरिएको छ ।

उनले लेखेका छन्, ‘म कोरोना पोजेटिभ पाइएको छु । म अस्पताल भर्ना भइसकेको छु । मेरो परिवार र स्टाफका सदस्यहरुको परीक्षण भएको छ । उनीहरुको रिपोर्ट आएको छैन । पछिल्ला १० दिनमा मेरो सम्पर्कमा आएका सबैलाई अनुरोध गर्दछु कि वहाँहरुले पनि आफ्नो कोरोनाको परीक्षण गराउनुहोला ।’

बच्चनलाई कोभिड–१९ पोजेटिभ पाइएपछि उनको परिवारका अन्य सदस्यहरुको पनि स्वाव परिक्षणका लागि पठाइएको छ । उनका छोरा अभिशेक बच्चनलाई समेत कोरोनाको सामान्य लक्षण देखिएको बताइएको छ । परिवारका सदस्यबाहेक बच्चनको घरका स्टाफहरुको पनि परिक्षण गरिने बताइएको छ ।

सम्बन्धित खबर

सिफारिस