नवलपरासीको गैडाकोट नगरपालिकामा तीन दर्जनभन्दा बढी घर डुबानमा

दियो पोस्ट  

काठमाडौँ, असार २८ । केही दिनअघिदेखिको लगातारको बर्षाका कारण पुर्वी नवलपरासीको गैँडाकोट नगरपालिका वडा नम्बर १, २ र ४ का करिब तीन दर्जन घरहरु डुबानमा परेका छन् ।

वडा नं। १ का अध्यक्ष हरिप्रसाद सापकोटाले नगरपालिकाको वडा नम्बर १ स्थित जनक कलेज अगाडितिरको राजमार्ग छेउँका पुराना घरहरु डुबानमा परेका छन् । त्यस्तै गंगानगर टोलका घरहरुमा पनि पानी पसेको छ ।

यसैगरी वडा नम्बर २ मा १५–२० घर डुबानमा परेको वडाअध्यक्ष ध्रुवराम पौडेलले जानकारी दिए । यसैगरी गैंडाकोट नगरपालिकाको वडा नम्बर चारमा पनि १५–२० घर डुबानमा परेको स्थानीयले बताएका छन् ।

गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले पानीको निकासको व्यवस्था गरिएपछि अहिले डुबान कमै हुँदै गएको बताए ।