गुजरात काँग्रेसको कार्यकारी अध्यक्षमा हार्दिक पटेल नियुक्त

दियो पोस्ट  

एजेन्सी । हार्दिक पटेल गुजरातको काँग्रेसको कार्यकारी अध्यक्षमा नियुक्त भएका छन् । पाटीदार अनामत आन्दोलनका नेता पटेल २६ बर्षकै उमेरमा गुजरात काँग्रेसको कार्यकारी अध्यक्ष बनेका हुन् । पटेलले चार बर्षअघि गुजरातमा भएको पटेल समुदायको आन्दोलनको नेतृत्व गरेका थिए ।

अखिल भारतीय काँग्रेस कमिटीले प्रेस विज्ञप्ती जारि गर्दै पटेललाई गुजरातको कार्यकारी अध्यक्ष घोषणा गरेको हो ।
विज्ञप्तिमा उनलाई पार्टीको गुजरात अध्यक्ष बनाउन माग उठिरहेको कारण उक्त प्रस्ताव स्वीकृत गरिएको उल्लेख छ । पछिल्लो केही समयदेखि हार्दिक कांग्रेसमा सक्रिय रहँदै आएका छन् ।

यद्यपि हार्दिकमाथि धेरै मुद्दा पनि चलिरहेकोे छ । हार्दिक सन् २०१९ को लोकसभा निर्वाचनको क्रममा कांग्रेसमा प्रवेश गरेका थिए । कांग्रेसमा प्रवेश गरेको केवल १६ महिनामा हार्दिक गुजरातको पार्टी अध्यक्ष बनेका हुन् ।