
काठमाडौँ, असार २८ । कोभिड–१९ को कारण मलेसियामा अलपत्र परेका ३ हजार ३ सय २२ जना नेपालीको उद्धार गरिएको छ । अलपत्र परेका नेपालीलाई घर फर्काउन संचालन गरिएको पहिलो चरणको उडानमार्फत उनिहरुको उद्धार गरिएको हो ।
नेपाल एयरलाईन्स, हिमालय एयरलाईन्स र मालिन्दो एयरबाट समेत गरी २१ वटा उडानमार्फत ३३२२ जना नागरिकहरु नेपाल फर्किएका हुन् । पहिलो उडान १८ जुन २०२० मा भएको थियो ।
क्वालालम्पूरबाट भएका उडानहरुबाट मलेसियाको विभिन्न जेल÷ डिटेन्सन केन्द्रहरुमा रहेका ६९ जना नेपाली नागरिकहरु समेत नेपाल फर्कीएका हुन् । यसैगरी यी उडानहरुबाट ३९ वटा शवहरु समेत नेपाल ल्याइएको छ।
यो अवधिमा मलेसिया बाहेक इण्डोनेसियाबाट २० जना, फिलिपिन्सबाट १०९ जना तथा हङकङ, भियतनाम, सिंगापुर, ताइवान र स्पेनमा रहेका नेपालीहरु समेत नेपाल फर्किएको क्वालालाम्पुरस्थित नेपाली दूतावासको कार्यालयले जनाएको छ ।