
काठमाडौँ, असार २८ । नेपाल विद्यार्थी संघ (नेबिसंघ) ले पेट्रोलियम पदार्थको मुल्यवृद्धी फिर्ता गर्न माग राख्दै प्रदर्शन गरेको छ । आइताबार बबरमहलस्थित आयल निगमको कार्यलय अगाडीको सडकमा नेविसंघले प्रदर्शन गरेको हो ।
नेबिसंघ अध्यक्ष राजिव ढुंगानाको नेतृत्वमा अन्य पदाधिकारी सहितको टोलीले मुल्यवृद्धी फिर्ता लिन माग गर्दै नाराबाजी गरेका हुन् । अध्यक्ष ढुंगाानाले जनता कोरोनाभाइरसको कारण आक्रान्त बनिरहेको समयमा मुल्यवृद्धी गरेर थप समस्यामा पार्न खोजेको भन्दै तत्काल मुल्यवृद्धी फिर्ता लिनुपर्ने चेतावनी दिएका छन् ।
नेविसंघका महामन्त्री मनोज वैद्यले मुल्य वृद्धी फिर्ता नलिइएसम्म आन्दोलन जारि रहने बताएका छन् । जनता मारमा परिरहेका बेला मुल्यवृद्धी गर्नुले सरकारको जनताप्रतिको चिन्तन कस्तो रहेछ भन्ने कुरा प्रस्ट देखिएको बताए । उनले मुल्य बृद्धी फिर्ता नभएसम्म आन्दोलन नरोकिने समेत घोषणा गरेका छन् ।

आन्दोलनमा ‘सरकारमा बसेर जनता मार्न पाइँदैन, मूल्यवृद्धि खारेज गर, भ्रष्ट सरकार कहाँ छ नेविसंघ यहाँ छ, नाफा घाटा जान्दैनौं मूल्यवृद्धि मान्दैनौं’ लगायतका नारा लगाइएको थियो ।
निगमले असार २६ गते सूचना निकाले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा पनि प्रतिलिटर १ रुपैयाँले मूल्यवृद्धि गरेको थियो। काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०२, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ छ।