थप ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि : ८ हजार ५ सय ८९ जना डिस्चार्ज !

दियोपोस्ट संवाददाता

काठमाडौं, २८ असार । नेपालमा पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल १६ हजार ८ सय १ जना व्यक्ति कोरोना भाइरस पुष्टि भएको छ ।

यो डिष्चार्ज भएका ८ हजार ५ सय ८९ जनासहितको संख्या हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हाल ८ हजार १ सय ७४ जनामा कोरोना भाइरस सक्रिय रहेको छ ।

सम्बन्धित खबर

सिफारिस