काठमाडौं, असार २८। नेपाल र नेपालीबिरुद्ध भ्रामात्मक र उच्छंखल सामाग्री प्रकाशन प्रसारण गर्ने भारतीय संचार माध्यमबिरुद्ध सरकारले प्रोटेस्ट नोट पठाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नाम जोडेर उच्छृंखल समाचार प्रकाशन भएपछि परराष्ट्र मन्त्रालयले प्रोटेस्ट नोट पठाएको हो ।
परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासमार्फत पठाएको ध्यानाकर्षण पत्रमा नेपालबारे प्रसारित अश्लील सामाग्रीमाथि कदम चाल्न र आगामी दिनमा यस्ता सामाग्रीले स्थान नपाउने सुनिश्चित गर्न माग गरिएको छ ।