पार्टी र सरकारबिरुद्ध सरिता गिरिद्धारा सर्वोच्चमा मुद्धा दायर

दियोपोस्ट संवाददाता

काठमाडौं । सरिता गिरीले सर्वोच्‍च अदालतमा पार्टी र सरकारविरुद्ध मुद्दा दर्ता गरेकी छिन् ।

आफूलाई सांसद र पार्टीबाट निष्काशन गर्ने निर्णय अवैधानिक भएको भन्‍दै निलम्बनमा परेकी सांसद गिरीले सर्वोच्च अदालतमा आइतबार मुद्दा दर्ता गरेकी हुन ।

आफूलाई कारबाही गर्ने निर्णय अवैधानिक भएकाले न्यायका लागि अदालत पुगेको गिरीले प्रतिक्रिया दिएकी छिन् ।

संसदीय दलको सिफारिसमा आफूलाई केन्द्रीय समितिले कारबाही गर्न सक्ने भएकाले पदाधिकारी बैठकबाट लिइएको निर्णय अवैधानिक भएको गिरीको दाबी गरिन् ।

सम्बन्धित खबर

सिफारिस