अन्नपूर्ण पोस्टले पारिश्रमिक नै नदिएको मनोज बस्नेतको खुलाशा : ‘अजसु’ काण्डको वास्तविकता

दियो पोस्ट  

काठमाडौं, ३० असार । क्याप्टेन रामेश्वर थापा अध्यक्ष रहेको अन्नपूर्ण पोस्टले सर्कुलेशन विभागका प्रमुख मनोज बस्नेतलाई पारिश्रमिक नदिइ जागिरबाट हटाएको खुलाशा भएको छ ।


सोमबार अन्नपूर्ण पोष्टले बजारबाट उठाएको रकम हिनामिना गरेको आरोप लगाउँदै आफ्नो पत्रिकाको तेस्रो पृष्ठमा उनको तस्विरसहित अत्यत्त जरुरी सुचना छापेको थियो ।

उक्त सुचनापछि बस्नेतले अन्नपूर्ण पोस्टको कार्यालयमा १ लाख ९७ हजार रुपैयाँ बुझाएका छन् । भने उनले एक हप्तापछि अन्नपूर्ण पोस्टले पारिश्रमिक बापत १ लाख २० हजार रुपैयाँ दिने सहमति गरेको छ ।


हाल कान्तिपुर दैनिकमा कार्यरत बस्नेतले आफूलाई अन्नपूर्ण पोस्टले पारिश्रमिक नदिएको बताएका छन् ।
‘जुन संस्थामा म पाच वर्ष काम गरें । मैले जागिर छाडेर हिडेको १५ महिनापछि त्यही संस्थाले मेरो चरित्र हत्या गर्ने नियतले फोटो समेत राखेर विज्ञापन प्रकाशन गर्यो । कम्पनि छाडेपछि मैले पाउनु पर्ने पारिश्रमिक दिएन,’ बस्नेतले लेखेका छन्,‘त्यसैले मैले बुझाउनु पर्ने रकम पनि कति हो भन्ने एकिन भएन । कम्पनिले कहिले पनि मैले पाउनु पर्ने पैसा दिनै चाहेन । अनि मैले चाहि बुझाउनु पर्ने ?’
आफूले दिनुपर्ने र अन्नपूर्णबाट लिनपर्ने हिसाब नभएका कारण आफूले पैसा नबुझाएको समेत बस्नेतको भनाई छ ।


‘जसरी अन्नपूर्ण पोष्ट दैनीकले निकालेको विज्ञापनमा पटक पटक ताकेता गर्दा पनि मैले पैसा नतिरेको भन्ने छ ।मैले लिनुपर्ने कति र दिनुपर्ने कती हिशाब होश भन्ने चाहन्थें । तर कहील्यै हिशाब दिइएन । मलाई दिनुपर्ने पैसा दिन सधैं आलटाल गरीयो,’ बस्नेतले भने,‘एक्कासी विज्ञापन निकालेर अन्नपुर्ण पोष्टले मेरो बेइज्जत गर्यो । यस्तो विज्ञापनले म आफ्नो इमान्दारिता र कर्तव्यबाट पछि हट्ने छैन । थप परिपक्व र आफ्नो जिम्मेवारी पुरा गर्न दत्त चित्त भएर लाग्न प्रेरित गरेको छ । इमान कहिल्यै डगेको थिइन । र डग्ने पनि छैन ।’


आफ्नो इमादारितालाई अन्नपूर्ण पोस्टले कमजोरी ठानेर कायरता देखाएको आरोप समेत बस्नेतको छ ।
‘मैले कम्पनिबाट पाउनु पर्ने एक लाख २० हजार रुपैयाँ एक साता भित्र पाउने सर्तमा मैले २०७७ असार ३० गते एक लाख ९७ हजार रुपैया बुझाइसके । तर आजमात्रै यो हिशाब दिन अन्नपूर्ण तयार भयो । पहिल्यै तयार भएको भए हुन्थ्यो,’ उनले भने,‘काम गरेको पारिश्रमिक समेत नदिएर उल्टै बेइज्जत गर्ने कम्पनिको प्रगतिको कामना गर्दछु ।’


क्याप्टेन रामेश्वर थापाका भाञ्जा नाता पार्ने बस्नेत यसअघि अन्नपूर्ण पोष्टमै कार्यरत थिए ।