कोभिड– १९ अपडेटः विश्वभर ५ लाख ८१ हजारको मृत्यु, ५८ प्रतिशत निको भए !

दियो पोस्ट  

काठमाडौँ, असार ३१ । विश्वभर कोरानाभाइरस (कोभिड– १९) संक्रमितको संख्या डेढ करोड नजिक पुगेको छ । वर्ल्डमिटरले सार्वजनिक गरेको विवरणअनुसार २ सय १५ मुलुकमा फैलिएको कोरोनाभाइरसबाट १ करोड ३४ लाख ५४ हजार ७ सय २७ जना सक्रमित छन् । त्यस्तै हालसम्म ५ लाख ८१ हजार एक सय २१ जना मानिसहरुको कोरोनाकै कारण मृत्यु भएको छ ।

संक्रमितमध्य ५९ हजार ५ सय ९४ जनाको अवस्था निकै गम्भिर रहेको उल्लेख गरिएको छ । त्यस्तै ४९ लाख ६७ हजार ४ सय ४६ जना मध्यम अवस्थामा रहेका छन् । संक्रमितमध्य ५८ प्रतिशत भन्दा बढीले कोरोना जितेका छन् । पछिल्लो तथ्यांक अनुसार ७८ लाख ४६ हजार ५ सय ८६ जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।

गएको २४ घण्टामा विश्भर २ लाख १६ हजार ८ सय ६ जना नयाँ संक्रमित थपिएका छन् भने ५ हजार ३ सय ४६ जनाको मृत्यु भएको छ ।

सबैभन्दा बढी कोरोनाको प्रकोप फैलिएको देश अमेरिका हो । अमेरिकामा मात्रै ३५ लाख ४५ हजार ७७ जना कोरोना संक्रमित रहेका छन् । त्यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः ब्राजिल र भारत रहेको छ । ब्राजिलमा संक्रमितको संख्या १९ लाख ३१ हजार पुगिसकेको छ भने भारतमा ९ लाख ३७ हजार संक्रमित रहेका छन् ।