विप्लवका मेची–महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुन पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ, असार ३१ । सरकारबाट प्रतिबन्धित नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य एवं मेची–महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुन पक्राउ परेका छन् ।

प्रहरीले उनलाई बुधबार बिहान करिब ७ बजेतिर कैलालीको धनगढी उप(महानगरपालिकाको बेलीबाट गिरफ्तार गरेको हो । उनिसँगै उनका पत्नी पुर्णिमा धामी समेत पक्राउ परेका छन् । धामी विप्लव समुहका अखिल नेपाल महिला सङ्गठन (क्रान्तिकारी) की सेती–महाकाली ब्युरो इन्चार्ज हुन् ।

जिल्ला प्रहरी कार्यलय कैलालीले पनि उनिहरु पक्राउ परेका पुष्टि गरेको छ । पक्राउ परेका दुबैजनालाई जिल्ला प्रहरी कार्यलयमा ल्याइँदै गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस