किशोरी बलात्कार अभियोगमा कालीकोटका वडाध्यक्ष पक्राउ

दियोपोस्ट संवाददाता

सुर्खेत, असार ३१ । कालिकोट खाँडाचक्र नगरपालिका–६ का वडाध्यक्ष जगदिश शाही बलात्कार आरोपमा पक्राउ परेका छन् । आफ्नै गाउँकी बहिनी पर्ने १६ बर्षीया बालिकालाई विगत तीन बर्षदेखि ललाईपखाई गर्दै बलात्कार गर्दै आएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।

बुधबार जिल्ला अदालत कालिकोटबाट म्याद थप गराई थप अनुसन्धान गरिने डीएसपी ओलियाले बताए । उनका अनुसार वडा अध्यक्षलाई करणीसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ ।

पीडित किशोरीको जाहेरी र बयानका आधारमा मुद्धा दर्ता गरी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस