काठमाडौँ, असार ३१ । गृह मन्त्रालयले नेपाल प्रहरीका दुई जना डिआइजीलाई एआइजी बढुवामा सिफारिस गरेको छ । प्रहरी नायब महानिरिक्षक (डिआइजी) प्रद्युम्न कार्की र निरज शाहीलाई प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी) बढुवामा सिफारिस गरेको हो ।
बुधबार गृहमन्त्रालय अन्तर्गतको बढुवा सिफारिस समितिको वैठकले दुई डिआइजीलाई एआइजीमा बढुवा सिफारिस गरेको हो ।
नेपाल प्रहरीको नयाँ आइजिपीका रुपमा शैलेश थापा क्षेत्री नियुक्त भएपछि एआइजीको पद रिक्त अवस्थामा रहेको थियो । नयाँ आइजिपीको नियुक्ती सँगै सेवा अवधी समाप्त भएको कारण एआइजी तारिणी प्रसाद लम्सालले अवकाश प्राप्त गरेपछि एआइजीको दुई पद रिक्त अवस्थामा रहेका थिए ।
अबको मन्त्रीपरिषदको वैठकले डिआइजीद्वय कार्की र शाहीलाई एआइजीमा नियुक्त गर्ने निर्णय गरेपश्चात उनिहरुको बढुवा हुने छ ।