सिन्धुपाल्चोकको फुल्पिङमा पहिरोः दुई घर बगाए, ५ जना बेपत्ता

दियो पोस्ट  

काठमाडौं, साउन १ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित खोकुण्डोल बजारमाथि फुल्पिङमा गएराती गएको पहिरोले २ घर बगाएको छ । भने, ५ जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा एकाघरका वर्ष १६ का याङ्जी शेर्पा, वर्ष १४ का छिरिङवागु शेर्पा, वर्ष ७५ का सुमवुट्टी शेर्पा, वर्ष ३५ का साङ्बु शेर्पा र वर्ष ४० का सेमङ शेर्पा रहेका छन् ।

प्रहरी घटनास्थल पुग्दै गरेको र आफूहरु पनि केही बेरमा घटनास्थल पुग्ने गाऊ पालिका उपाध्यक्ष दाबुटी शेर्पाले जानकारी दिए । पहिरोले एउटा स्कुलमा पनि क्षति पु¥याएको भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए ।

उद्धारका लागि प्रहरी अझै घटनास्थलमा पुग्न सकेको छैन ।