बालुवाटार वैठकमा सहमती जुटेनः प्रचण्ड–माधवको एकै स्वर, ओलीको अडान कायम

दियोपोस्ट संवाददाता

काठमाडौँ, साउन १ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद मिलाउन बसेको बैठक बिना निश्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय र बरिष्ठ नेता माधव नेपालसहितको त्रिपक्षिय छलफल बिना निश्कर्ष टुंगिएको हो ।

वैठकमा अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधव कुमार नेपालले पुरानै अडान कायम गरेपछि सहमती हुन नसकेको हो । प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिनुपर्ने माग प्रचण्ड र नेपालको रहेको छ । यता प्रधानमन्त्री ओली भने आफु कुनैपनि जिम्मेवारीबाट राजिनामा नगर्ने अडानमा रहेका छन् । दुबै पक्ष आ–आफ्नो अडानबाट नहटेपछि सहमती हुन नसकेको हो ।

विवाद समाधान गर्नका लागि अध्यक्षद्वय ओली र प्रचण्ड पटकपटक वान टु वान वार्ता बस्दै आइरहेको भएतापनी निश्कर्ष ननिस्किएपछि बिहीबार वरिष्ठ नेता माधव नेपाललाई समेत राखेर छलफल गरिएको थियो । तर कुनैपनि निश्कर्ष ननिस्किएपछि अन्य नेताहरु अन्यौलमा परेका छन् ।

नेकपाको स्थायी समिति वैठक भोली बस्नेछ । यसअघिका वैठकहरुमा प्रायः सबै सदस्यहरुले प्रधानमन्त्रीको राजिनामा माग गरेको कारण प्रधानमन्त्रीले केही समय माग गरेका थिए ।

सम्बन्धित खबर

सिफारिस