काठमाडौं, १ साउन । धादिङको ज्वालामुखि गाउँपालिकाका उच्च अधिकारीले भ्रमणको नाममा १२ लाख रुपैयाँ झ्वाम पारेको खुलाशा भएको छ । महालेखा परिक्षकको ५७ औँ वार्षिक प्रतिबेदन अनुसार गाउँपालिका उच्च अधिकारीले भ्रमण भत्ताको नाममा १२ लाख रुपैयाँ मनोमानी खर्च गरेका हुन् ।
भ्रमण खर्च नियमावली २०६४ को नियम २१ अनुसार भ्रमणमा खटिने पदाधिकारी या कर्मचारीलाई भ्रमण खर्च र अनुगमन खर्च गर्दा आन्तरिक नियन्त्रण प्रणालीको थप व्यवस्था गर्नु पर्ने उल्लेख छ ।
रामेछापको उमाकुण्ड गाउँपालिका रामेछापले यो वर्ष आन्तरिक आय जम्मा रु १८ लाख ३२ हजार भएपनि ५० जना प्रतिनिधि र कर्मचारीले ११ दिन भ्रमण गरेर २७ लाख रुपैयाँ झ्वाम पारेका छन् । त्यसरी नै आन्तरिक आय कमजोर भएको ज्वालामखि गाउँपालिले पनि १२ लाख रुपैयाँ खर्च गरेको महालेखा परिक्षकको ५७ औँ प्रतिबेदनमा उल्लेख छ ।