चलचीत्र साङ्लोका निर्मातालाई खाना खर्च भन्दै गाउँपालिकाले १० लाख दिएपछि विवाद..

दियोपोस्ट संवाददाता

काठमाडौं, १ साउन । महालेखा परिक्षकको ५७ औँ प्रतिबेदनमा अनौठा अनौठा अनियमितताको फेहरिस्त देख्न सकिन्छ । डोटीको जुरायल गाउँपालिकाले एक चलचीत्र निर्मातालाई खाना यातयात खर्च भन्दै १० लाख रुपैयाँ भुक्तानी दिएको पाइएको छ ।


गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाको सिफारिसमा व्यावसायी चलचीत्र साङ्लोका निर्मातालाई गाउँपालिकाका लेखा प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको सिफारिस बिना नै भुक्तानी दिएको महालेखा परिक्षकको ५७ औँ प्रतिबेदनले औँल्याएको छ ।


उक्त चलचीत्र तेज बहादुर खड्काले निर्माण गरेका हुन् भने बिराज भट्ट लगायतले अभिनय गरेका छन् । महालेखाले व्यावसायीक प्रयोजनका लागि बनाइएको चलचीत्रका लागि गाउँपालिकाले लगानी गर्नु अनियमितता भएको आरोप लगाएको छ ।

सम्बन्धित खबर

सिफारिस