राखेपका प्रशिक्षकमाथि धादिङका एसपी रवीन्द्र रेग्मीको मुक्का : कारबाहीको माग !

दियोपोस्ट संवाददाता

दियोपोस्ट संवाददाता


धादिङ २ साउन । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक (एसपी) रवीन्द्र रेग्मीले राष्ट्रिय खेलकुद परिषदका कर्मचारीमाथि कुटपीट गरेको गम्भिर आरोप लागेको छ ।


शुक्रबार बिहान करिब ५ देखि ७ बजेको बीचमा राष्ट्रिय खेलकुद परिक्षद अन्तर्गत धादिङका प्रशिक्षक भिम बहादुर गुरुङमाथि एसपी रेग्मीले कुटपीट गरेको बताइएको छ ।


कराते खेलका प्रशिक्षक गुरुङले खेलाडीहरुलाई प्रशिक्षण गराइरहेको बेला कभर्ड हलमा पुगेका एसपी रेग्मी ब्याड मिन्टन खेल्नका लागि त्यहाँ पुगेका थिए ।

उनले गुरुङलाई बाहिर निस्कि कभर्ड हल खाली गर’ भन्दै धम्की दिएपछि गुरुङले आफुरुको प्रशिक्षणको समय ७ बजेसम्म रहेको भन्दै हल खाली गर्न अस्विकार गरेका थिए ।

एसपी रेग्मीले ‘तँ बढी बोल्छस्’ भन्दै प्रशिक्षक गुरुङमाथि ब्याडमिन्टन र्याकेटले प्रहार गर्दै छातीमा मुक्का प्रहार गरेको पीडितले बताएका छन् ।


शान्ति सुरक्षाको जिम्मा कायम गर्नुपर्ने प्रहरी प्रमुखबाटै गुणगर्दी शैलीमा अभद्र व्यावहार भएको भन्दै एसपी रेग्मीलाई कारबाही गर्न जिल्ला खेलकुद समिति धादिङले माग गरेको छ ।

सम्बन्धित खबर

सिफारिस