काठमाडौँ, साउन २ । शुक्रबार नेपालमा थप १ सय १ जनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रकार सम्मेलनमार्फत प्रवक्ता जागेश्वर गौतमले सोको जानकारी दिएका हुन् ।
यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ४ सय ४५ पुगेको छ ।
शुक्रबार नै २ सय ८५ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म ११ हजार ५ सय ३४ जनाले कोरोना जितेर डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।