सुनसरीमा गोली चल्योः सशस्त्र प्रहरी र तस्कर बिच झडप, दुई जना घाइते

दियोपोस्ट संवाददाता

काठमाडौँ, साउन ३ । सुनसरीमा गोली चलेको छ । गएराति तस्कर समुह र सशस्त्र प्रहरी बल बिच भएको झडपमा सशस्त्र प्रहरीले गोली चलाएको हो । झडपमा सशस्त्र प्रहरीका जवानसहित दुईजना घाइते भएका छन् ।

गएराती हरिनगरा गाउँपालिका–७ जटबरा स्थित दशगजामा भारतबाट अवैध रुपमा सामान ल्याउँदै गरेको समूहलाई बिओपी घुस्कीबाट खटिएको सशस्त्रको टोलीले नियन्त्रणमा लिन खोजेको थियो ।

तस्कर समूहले हतियार खोस्न खोजेपछि सशस्त्र प्रहरीले चलाएको गोली लागेर साहजब जट घाइते भएका छन् । तस्कर समूहको आक्रमणबाट जवान जीवराज विशंखे घाइते भएका छन् ।

तस्कर समूहले बाँस र ढुंगा प्रहार गर्दै सशस्त्रको हतियार खोस्ने प्रयार गरेका थिए । स्थिति नियन्त्रणमा लिन एक राउण्ड गोली चलाइएको सशस्त्र प्रहरीले जनाएको छ । घाइते दुवैको धरानस्थित घोपा अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित खबर

सिफारिस