नेकपा सचिवालय वैठक दिउँसो ३ बजे

दियो पोस्ट  

काठमाडौँ, साउन ३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय वैठक आज बस्ने भएको छ । पछिल्लो समय नेकपा भित्र देखिएको आन्तरिक विवाद समाधानको लागि दिउँसो ३ बजे सचिवालय वैठक बस्ने भएको हो ।

शुक्रबार बालुवाटारमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबिच भएको बैठकले शनिबार सचिवालय वैठक बस्ने निर्णय गरेको हो ।

बिहीबार पनि प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो । आन्तरिक विवाद मिलाउन भन्दै कैयौं पटक शीर्ष नेताहरु छलफलमा जुटे पनि निष्कर्षमा पुग्न सकेका छैनन् ।

असार १० गतेदेखि जारी स्थायी कमिटी बैठकमा अधिकांश सदस्यले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि पार्टीभित्र आन्तरिक कलह बढेको हो । यद्यपी ओली दुवै पद नछाड्ने अडानमा छन् ।