
काठमाडौँ, साउन ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘श्रीराम नेपालमा जन्मिएको’ अभिव्यक्ति दिएपछि भारतमा एक युवको जबरजस्ती मुण्डन गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतीय संचारमाध्यमका अनुसार बनारस प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।
प्रधानमन्त्री ओलीको अभिव्यक्तिपछि भारतका हिन्दु समर्थकहरुले विरोध जनाएका थिए । उनिहरुले भारतमा रहेका नेपालीहरुले त्यसको सजाय भोग्नुपर्ने भन्दै नाराबाजी गरेका थिए । शुक्रबार एक नेपाली युवालाई जबरजस्ती कपाल मुण्डन गरेर टाउकोमा ‘जय श्री राम’ लेख्दै भारतीय प्रधानमन्त्री मोदीको समर्थन र नेपालका प्रधानमन्त्री ओलीको बिरोधमा नाराबाजी गर्न लगाएका थिए ।
एक ब्यक्तिले भिडियो खिचेर सामाजिक संजालमा पोस्ट गरे लगत्तै भिडियो भाइरल बनेको थियो । यस घटनालाई बनारस प्रहरीले निकै गम्भिरताका साथ लिएको बताएका छन् ।