
काठमाडौँ, साउन ३ । पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउनु पर्ने बताएका छन् । शनिबार सामाजिक संजालमार्फत उनले ओलीलाई हटाइए मात्र देश बचाउन सकिने अभिव्यक्ती दिएका हुन् ।
उनले प्रधानमन्त्री ओलीले पछिल्लो समय दिँदै आएको अभिव्यक्तिको कारण देश गम्भिर संकटतर्फ जाँदै गरेको संकेत गरेका छन् । उनले ओलीको वेलगाम बोलीलाई नेकपाले किन संसदबाट समाधान खोज्दैन भन्दै प्रश्न गरेका छन् ।
‘प्रम केपी शर्मा ओलीको बेलगाम हर्कतले देश संकटतिर जाँदैछ । कोरोना, अर्थतन्त्र, भ्रष्टाचार, विदेशनीति, जातिय÷धार्मिक द्वेष, राज्यका अंग..! स्मरण रहोस हिटलर पनि निर्वाचित थिए, चरम राष्ट्रवाद उनको पनि हतियार थियो’ भट्टराईले उल्लेख गरेका छन्, ‘आखिर के भयो ? नेकपा किन अलमलमा ? संसदबाटै संकटमोचन किन हुन्न ? ओली हटाऔँ देश बचाऔँ ।’