मध्यरातमा प्युठानमा ट्रयाक्टर दुर्घटना : रोल्पाका ७ जना मजदुरको मृत्यु

दियोपोस्ट संवाददाता

प्युठान । शनिबार राती प्युठानमा ट्रयाक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा लु २ च ४२३४ नम्बरको ट्रयाक्टर दुर्घटना भएको हो ।

प्युठानको स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्रयाक्टर दुर्घटना हुँदा भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनका अनुसार दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छैन । ट्रयाक्टरमा ८ जनाको सवार रहेको प्रहरीले जनाएको छ ।

ट्रयाक्टर सडकबाट करिब ५०० मिटर तल खसेको छ । वर्षा भइरहेकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

भृङ्ग्री स्वर्गद्वारी सडक स्तारोन्नतिको काममा खटिएका मजदुर दुर्घटनामा परेका हुन्।

मृत्यु हुने सबै रोल्पाका रहेको र पहिचान खुलिनसकेको छैन ।

सम्बन्धित खबर

सिफारिस