काठमाडौँ, साउन ४ । आइतबार नेपालभर १ सय ५६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत आइतबारसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुगेको हो ।
विगत २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालाबाट ३ हजार ७४१ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको थियो ।
आइतबार कोरोना संक्रमण निको भएर ५८ जना डिस्चार्ज भएका छन् । हालसम्म ११ हजार ६९५ जना डिस्चार्ज भएका छन् ।