नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो, दिनभरका लागि सवारी आवागमन बन्द

दियोपोस्ट संवाददाता

काठमाडौँ, साउन ५ । अविरल बर्षापछि खसेको पहिरोका कारण मुग्लिन–नारायणगढ सडक अवरुद्ध भएको छ । ईच्छाकामना गाउँपालिका वडा नं–६ चार किलो नजिकै सोमबार बिहान करिब ५ बजेको समयमा ठूलो पहिरो खसेपछि सवारी आवागमन पुर्ण रुपमा बन्द भएको हो ।

पहिरो पछि लगातार पानी परेको कारण पहिरो हटाउन समस्या भएको प्रहरीले जनाएको छ । चितवन प्रहरीका अनुसार सडक सुचारु हुन दिनभरी नै लाग्ने सम्भावना भएकाले यस सडक खण्ड भएर यात्रा नगर्न आम सडक प्रयोगकर्तालाई अनुरोध छ ।

बाटो खुलाउने तर्फ आवश्यक पहल र प्रयास भैरहेको व्यहोरा जानकारी गराइएको छ । प्रहरीले ओभरटेक नगरी आ–आफ्नो सवारी साधन सुरक्षित स्थान रोक्न र सडक सुचारू भएपछि मात्र आफ्नो पूर्ववत् यात्रामा अगाडि बढ्नको लागि सम्पुर्ण सवारी चालकहरुलाई अनुरोध गरेको छ।

सम्बन्धित खबर

सिफारिस