
धादिङ ५ साउन । अविरल वर्षाका कारण गजुरी गाउँपालिका – १ स्थित मलेखुमा गएको पहिरोमा परि पाँच घर पुरिएको छ भने निरुता परियार वेपत्ता भएकी छिन् । पहिरोको कारण दिपेन्द्र चौधरी बेपत्ता घाइते भएका छन् ।
घटना स्थलबाट रामहरि थापाका अनुसार १२ः३० बजे गएको पहिरो अहिले पनि नरोकिएकोले उद्धार कार्यमा कठिनाई भएको छ ।
पहिरोले राजमार्ग समेत अवरुद्ध भएको छ । गजुरी गाउँपालिका स्थित फुर्के खोलामा पनि सडक माथि खनिएको सडकका कारण लेदोले राजमार्ग अरुद्ध छ बजार क्षेत्र पूर्ण जोखिममा परेको छ ।