काठमाडौँको टोखामा पहिरोले पुरिएर जुम्ल्याह बालबालिकाको मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौँ, साउन ६ । काठमाडौँको टोखा नगरपालिका–१ तासिडाँडामा पहिरोले पुरिएर जुम्ल्याह बालबालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनकुटा भेरी गाउँपालिका–२ गुराँसे घर भई टोखा बस्दै आएका रामकुमार रानामगरका जुम्ल्याह सन्तान सचिन राना र सन्ध्या राना रहेका छन् ।

आमाबुबा खाना खान थालेको बेला बाहिर खेलिरहेका ३ बर्षका बालबालिकालाई घरमाथिबाट खसेको ढिस्कोले पुरेको महानगरिय प्रहरी वृत्तका डीएसपी रोशन खड्काले जानकारी दिएका छन् ।

सम्बन्धित खबर

सिफारिस