मेलम्ची आउने मुखैमा २ इन्जिनियर मृत्यु प्रकरण : यी हुन् ‘ज्यानमारा डिजाइनर’ !

दियोपोस्ट संवाददाता

काठमाडौं, ८ साउन । काठमाडौंवासीको पानीको प्यास मेटाउन भन्दै निर्माणाधिन मेलम्ची खानेपानी आयोजनाको पानी मुखमै आएर रोकिएको छ । कुनै पनि भौतिक संरचना निर्माण गर्दा डिजाइन गर्ने इन्जिनियरहरुको मुख्य भूमिका हुन्छ । झन ठूला आयोजनामा त नहुने कुरै भएन । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण भइरहेको मेलम्ची खानेपानी आयोजनाको काम अन्तिम समयमा आएर सुरुमा डिजाइन गर्ने कन्सल्ट्यान्टको कारण पुनः अनिश्चित बन्न पुगेको छ । घर बलियो बनाउनको लागि जग बलियो चाहिन्छ भनेझै आयोजना गुणस्तरीय बनाउनको र दिगो बनाउनको लागि कन्सल्ट्यान्टको पनि उत्तिकै जिम्मेवारी हुन्छ ।


बहुप्रतिक्षित आयोजनाको रुपमा रहेका मेलम्ची खानेपानी आयोजनाको काम सकिए लगत्तै पानी आउनै लागेको खबरले काठमाडौवासीमा निकै खुसी छाएको थियो । कन्सल्ट्यान्टको डिजाइन अनुसार नै निर्माण कम्पनीले काम गर्ने हो ।


गत मंगलवार सुरुङमा पानी पठाएर परीक्षण गर्दैगर्दा ढोकाको एक भाग पूरै खुलेपछि पूरा हुनै लागेको मेलम्ची खानेपानी आयोजनाको डिजाइन माथि नै प्रश्न उठेको छ । गुणस्तरमाथि पनि प्रश्न तेर्सिएको छ । करिब ५० मिटर उचाइको पानीको प्रेसर थेग्ने गरी सुरुङको ढोका डिजाइन गरिएको थियो ।


तर १६ मिटर पनि थेग्न सकेन । गलत डिजाइनको कारण परीक्षणको क्रममा एक इन्जिनियरको मृत्यु भएपछि सुरुमा उक्त डिजाइन गर्ने कन्सल्ट्यान्टको को थिए र कसले गरेको थिए सर्वत्र प्रश्न उठेको छ । प्रतिनिधिसभाको विकास समितिदेखि लिएर सार्वजनिक लेखा समितिमा कन्सल्ट्यान्टको खोजी सुरु भएको छ । मुखमै आएको पानी फेरि अनिश्चित बनेपछि काठमाडौवासीले पनि कन्सल्ट्यान्ट को थियो भन्ने भन्ने चासोको विषय बन्न पुगेको छ ।

ढोकामा जडान गरिएका फलामका ३२ वटा ‘नटबोल्ट’ हरू कुनै फुस्किए, स्लिप खाए र कुनै भाँचिएका थिए । कन्सल्ट्यान्टको सिफारिसमा मात्र काम अगाडि बढाउने गरिन्छ ।

आयोजनाको हेलम्बु मुहानबाट सुन्दरीजलसम्म २७ किमि सुरुङको अम्बाथान, ग्याल्थुम र सिन्धु अडिटको मुखमा यही प्रकृतिका तीनवटा ढोका छन् ।


सुरुङमा यस्ता प्रकृतिका ढोकाहरू जडान गर्दा नटबोल्टमा पानीको प्रेसर नपर्ने गरी डिजाइन गर्नुपर्छ तर सुरुमा आयोजनाको डिजाइने गर्ने कन्सल्ट्यान्टले लापवाहीको कारण एक जनाको मृत्यु भएको छ भने एक जना अझै वेपत्ता छन् । झन्डै २९ अर्ब खर्च भइसकेको आयोजनाको निर्माण सुरु भएको २० वर्ष वितिसकेको छ ।
सुरुङ निर्माणका लागि २००९ मा चाइना रेल–वे १५ ब्युरो ग्रुप जेभीले सुरु गरेको काम पूरा नगरेपछि ०७० सालमा सम्झौता तोडेर इटालियन कम्पनी (सीएमसी) लाई ठेक्का दिइयो । तर ०७५ पुस १ मा उक्त कम्पनीले एकतर्फी रूपमा सम्झौता तोड्यो । त्यसपछि ०७६ असोजमा चाइनाको सिनो हाइड्रो कम्पनीलाई सुरुङ निर्माणको जिम्मेवारी दिइयो । हेडवक्र्सको काम १५ महिनामा पूरा गर्ने गरी सम्झौता गरिएको थियो । हाल सोही कम्पनीले काम गरिरहेको छ । यद्यपि सुरुङका धेरै काम सीएमसीले नै गरिसकेको थियो । आयोजनाले हाल पहिलो चरणमा मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी राजधानी ल्याउने योजना छ । दोस्रो चरणमा भने सिन्धुपाल्चोककै याङ्ग्री र लार्के खोलाको पानी ३४ करोड लिटर थप गर्ने योजना छ ।

डिलाइनमा संलग्न यी हुन परामर्शदाताः

सुरुमा कन्सट्यान्टको जिम्मेवारी पाएको एएफसीओएम युएसका नेपाली साझेदार सिल्ट कन्सलटेन्ट रहेको थियो । सिल्ट कन्सलटेन्ट प्रालिका कार्यकारी निर्देशक केशव कुँवर हुन् । ठेकेदारहरुसँग करोडौ कमिसन लिएर कमसल काम गर्ने गरेको आरोप उनीमाथि लाग्दै आएको छ । विगतमा तत्कालिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीको नजिकको नातेदार भएको भन्दै राष्ट्रिय गौरवका करोडौको डिजाइनको काम हत्याउन सफल भएका कुँवर डिजाइन नै फेल भएपछि अहिले पुनः विवादमा तानिएका छन् ।


त्यसैगरी मल्टि डिसिप्लिनरी कन्सलटेन्ट प्रालि, पोरी ईनर्जियासंगको साझेदारीमा यो कम्पनी संलग्न मेलम्ची खानेपानी आयोजनामा संलग्न भएको कम्पनी हो । यसका मुख्य संचालक बदन लाल नेछु हुन् । टोटल मेनेजमेन्ट सर्विसेजको जिम्मेवारी पाएको यो लामेहेरको नेपाली साझेदार हो । यसका मेनेजिङ डाईरेक्टर प्रज्वल प्रधान हुन् ।

नाम विदेशी कम्पनीको भएपनि अधिकांश काम गर्ने नेपाली कन्सल्ट्यान्ट कम्पनी नै हुन् । बेला बेलामा सुपरभिजन अनुगमन गरेपनि नेपाली परामर्शदाता कम्पनीमाथि नै विदेशी कम्पनीले विश्वास गर्ने गरेको बताइएको छ । नेपाली यिनै कम्पनीहरुको डिजाइन, सुपरिभिजन र व्यवस्थापनमा संलग्न रहेका थिए । सुरुमा डिजाइनमा संलग्न रहेको सिल्ट परामर्शदाता कम्पनी उद्यपी अहिले छैन् । तर अहिले जुन समस्या आएको तिनै परामर्शदाता कम्पनीको कारण सृजना भएको छ । मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण क्रममा इन्जिनियर सतिसकुमार गोइतको मृत्यु भएपछि निकै ठूलो प्रश्न जन्माएको छ । डिजाइनकै चरणमा पर्याप्त अध्ययन विना नै डिजाइन गर्दाको लापवाहीको कारण एक जनाको मृत्यु हुन पुग्यो ।

सम्बन्धित खबर

सिफारिस