काठमाडौं, ९ साउन । अवैध रुपमा हुण्डी कारोबार गरेको अभियोगमा न्युरोडबाट एक कपडा व्यापारी पक्राउ परेका छन् ।
न्युरोड स्थित हाम्रो गण्डकी इन्टरप्राइजेज नामक कपडा पसल आवरणमा हुण्डीको धन्दा गर्ने स्याङ्जा जिल्ला कालिगण्डकी गाउँपालिका ५ ताँप घर भएका ढुण्डीराज न्यौपानेलाई महानगरीय प्रहरी अपराध महासाखाले पक्राउ गरेको हो ।
पक्राउ परेका न्यौपानेको साथबाट १९ लाख ९१ हजार अवैध रकम र भाबर मार्फत भएको हुण्डी कारोबारको विवरण समेत बरामद गरिएको छ ।
बिसाल बजारमा शंकास्पद रुपमा हिँडिरहेको सुचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको छ ।