
एजेन्सी । भारतमा पछिल्लो समय कोरोना भाइरस निकै तिब्र गतिमा फैलिएको पाइएको छ । बितेको २४ घण्टामा भारतमा लगभग ५० हजार जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार रातिसम्म मात्रै ४८ हजार ८ सय ९२ जना नयाँ संक्रमित भेटिएको थियो ।
भारतमा हालसम्म कोरोना संक्रमितको संख्या १३ लाख ३७ हजार २२ पुगेको छ । सबैभन्दा बढी कोरोना फैलिएको देशको सुचिमा भारत तेस्रो नम्बरमा देखिएको छ । भारतमा हालसम्म ३१ हजार ४ सय ६ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । शुक्रबार मात्रै थप ७ सय ६१ जनाको मृत्यु भएको छ ।
संक्रमितमध्य ८ लाख ५० हजार १ सय ७ जनाले कोरोनामाथि विजय प्राप्त गरि डिस्चार्ज भैसकेका छन् ।
विश्वभर कोरोना संक्रमितको संख्या १ करो ५९ लाख ४० हजार ३ सय ७९ पुगिसकेको छ । हालसम्म ६ लाख ४२ हजार ६ सय ८८ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् भने ९७ लाख २३ हजार ९ सय ४९ जना डिस्चार्ज भएका छन् ।