प्रधानन्यायधिशकै फैसला पुनरावलोकन, पुर्वडिआइजी प्रकरणको मुद्धा पुनः अघि बढ्ने

दियोपोस्ट संवाददाता

काठमाडौँ, साउन ११ । सशस्त्र प्रहरीका पुर्वडिआइजी रञ्जन कोइरालाबिरुद्धको पुनरावलोकन मुद्धा अगाडी बढाउनको लागि सर्वोच्च अदालतले अनुमती दिएको छ । सर्वोच्चले प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबराले पुर्वडिआइजी कोइरालाको सजाय घटाउन फैसलाको पुनरावलोकन गर्ने भएको हो ।

आइतबार न्यायाधीशहरु बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले फैसला पुनरावलोकनका लागि सरकारले दिएको निवेदनलाई अनुमति दिने आदेश सुनाएको हो ।

पत्नी गीताको हत्या गरेका कोइरालालाई जिल्ला अदालत र पुनरावेदन अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले १५ असारमा कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो । सर्वोच्चको फैसलाअनुसार ८ साउनमा कोइराला रिहा भएका छन् ।

सर्वोच्चको फैसलालगत्तै महान्यायधिवक्ताको कार्यालयले उक्त मुद्दा पुनरावलोकनका लागि निवेदन दिएको थियो । आइतबारको आदेशसँगै यो प्रकरणमा पुन मुद्दा अघि बढ्ने भएको छ ।

सम्बन्धित खबर

सिफारिस