बाजीमा लुडो खेल्नुहुन्छ ? होसियार ! प्रहरीले समात्न सक्छ

दियोपोस्ट संवाददाता

काठमाडौँ, साउन ११ । प्रहरीले जुवातास खेल्ने र खेलाउने दुबैलाई समात्दै आइरहेको छ । तर, अब लुडो खेल्नेलाई पनि प्रहरीले पक्राउ गर्न थालेको छ । काठमाडौँको सुनारगाउँबाट आइतबार ७ जनालाई लुडो खेल्ने र खेलाउने अभियोगमा पक्राउ गरेको छ ।

महानगरिय प्रहरी बृत्त कालिमाटीले जुवा खेल्ने र खेलाउने ७ जनालाई पक्राउ गरेको हो । पैसा राखेर बाजी खेल्ने र खेलाउने गरेको सुचनाको आधारमा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।

स्थानीय राजकुमार कार्कीले ५ हजार लिएर आफ्नो घरमा लुडो खेलाउने गरेको प्रहरीले जानकारी दिएको छ । उक्त खेलमा ५ हजारदेखि ३० हजार सम्मको बाजी चल्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

लुडोको खालबाट नै पक्राउ परेका ७ जनाबाट प्रहरीले ८७ हजार ५० हजार रुपैयाँ बरामद भएको छ । पक्राउ परेका सातै जनाविरूद्ध जुवा ऐनअनुसार म्याद थप गरेर अनुसन्धानन भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस