पोखराको मणिपाल शिक्षण अस्पतालका डाक्टरलाई कोरोना संक्रमण

दियोपोस्ट संवाददाता

काठमाडौं, साउन १३ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा कार्यरत एक डाक्टरलाई कोरोना देखिएको छ । सोमबार आएको रिपोर्टमा कोरोना पोजेटिभ पाइएको हो । केहि दिनअघि सामान्य ज्वरो आएपछि उनको स्वाब परिक्षणका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पठाइएको थियो ।

उनलाई कोरोना पोजेटिभ देखिएपछि उनलाई क्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदविन्दु शर्माले बताए।

संक्रमित डाक्टरले जाँचेको गरेको बिरामी र उनको सम्पर्कमा आएका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङको काम सुरू गरिसकेको डाक्टर शर्माले बताए। सोमबारमात्र पोखरामा मणिपालका डाक्टरसहित दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

हालसम्म गण्डकी प्रदेशमा १ हजार ३ सय ७७ जना कोरोना संक्रमित पुष्टि भएको डाक्टर शर्माले बताए। यस्तै, निको हुनेको संख्या पनि १२ सय १ जना पुगेका छन्।

गण्डकी प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ। कोरोना संक्रमणका कारण अहिले गण्डकी प्रदेशमा १ सय ७२ जना आइसोलेसनमा छन् भने अझै क्वारेन्टिनमा १ हजार ५ सय ३७ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

सम्बन्धित खबर

सिफारिस