सरिता गिरिको स्थानमा लिलादेवी सिटौलालाई सांसद बनाउन जसपाको सिफारिस

दियो पोस्ट  

काठमाडौँ, साउन १२ । सरिता गिरिलाई पार्टीबाट निश्काशित गरेपछि रिक्त रहेको सांसद पद जनता समाजवादीकी नेतृ लिलादेवि सिटौलाले पाउने भएकी छिन् । सिटौलालाई सरिता गिरिको स्थानमा सांसद बनाउनको लागि जसपाले सिफारिस गरेको हो ।

सरिता गिरिको बहिर्गमनपश्चात जसपाले लिलादेविलाई समानुपातिकतर्फ खस÷ आर्य कोटोमा रिक्त रहेको सांसद पदमा निर्वाचित गर्न निर्वाचन आयोगसमक्ष सिफारिस गरेको थियो।

झापाकी सिटौलालाई निर्वाचित भएको निर्वाचन आयोगले घोषणासमेत गरिसकेको छ। जसपाले सरिता गिरीलाई हटाएपछि उक्त सांसद पद रिक्त थियो।

लिपुलेकसहितको भूभाग समेटेर सरकारले नक्सा जारी गर्ने विषयमा संशोधन हालेपछि गिरी विवादमा परेकी थिइन्। सोही घटनालाई लिएर जसपाले समानुपातिक सांसदबाट उनलाई निलम्बन गर्ने निर्णय गरेको थियो।

पार्टीबाट निश्काशित भएपछि गिरि न्याय माग्दै सर्वोच्च समेत पुगिन् । तर, आइतबार नै सर्वोच्च अदालतले उनको रिट अस्वीकार गरिसकेको छ ।