काठमाडौँ, साउन १२ । निजामती किताबखानाले चालु आर्थिक बर्षमा अवकाश पाउने कर्मचारीको विवरण सार्वजनिक गरेको छ । किताबखानाका अनुसार चालु आर्थिक बर्षमा करिब २५ सय कर्मचारीहरुले अवकाश पाउन लागेका हुन् ।
किताबखानाले जारि गरेको विवरण अनुसार २ हजार ४ सय ८० जना निजामती कर्मचारीहरु अवकाश हुँदै छन् । उनिहरुको उमेर हद तथा सेवा अवधी समाप्त भएको कारणले अवकाश पाउन लागेका हुन् ।
किताबखानाले निकालेको सूचनामा अनिवार्य अवकाश पाउने कर्मचारीले अवकाश हुने मितिभन्दा ६ महिना अगावै निजामती सेवा नियमावली २०५० को अनुसूची १७ (क) बमोजिम फारम भरी बहाल रहेको कार्यलयमार्फत् राष्ट्रिय निजामती किताबखानामा पठाउनुपर्ने हुन्छ।