काठमाडौँ, साउन १२ । नेपालमा थप १ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमार्फत सोमबार नेपालभर कोरोना संक्रमितको संख्या १८ हजार ७ सय ५२ पुगेको जानकारी दिएका छन् ।
प्रवक्ता डा. गौतमका अनुसार सोमबार नै ६ सय २६ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । यो संगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १३ ह्जार ७ सय ५४ पुगेको छ ।
उनका अुनसार पाँचथर,भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ कोरोना संक्रमण मुक्त भएको छ ।