कोरोना संक्रमणबाट त्रिवि शिक्षण अस्पतालमा बाराका एक पुरुषको मृत्यु

दियो पोस्ट  

काठमाडौँ, साउन १२ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट सोमबार एक पुरुषको मृत्यु भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सोमबार एक पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बाराको फेटा गाउँपालिका–३ का ६० बर्षीय पुरुष रहेका छन् । उनि निमोनिया, मिर्गौला र मस्तिष्कघातसम्बन्धी रोगको बिरामी रहेको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिया संक्रमितको संख्या ४ हजार ९ सय ५० जना रहेको छ । सोमबार सम्म कोरोना जितेर घर फर्कनेको संख्या १३ हजार ७ सय ५४ पुगेको छ ।