नेकपा स्थायी समिति वैठक आज

दियो पोस्ट  

काठमाडौँ, साउन १३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति वैठक मंगलबार आज ११ बजे बस्ने तय भएको थियो । गत साउन ६ गतेको वैठकले देशभर बाढी पहिरो गएको कारण राहतमा जुट्ने निर्णय गर्दै १३ गते सम्मका लागि स्थगित गरेको थियो । वैठक आज ११ बस्ने भनिएको भएतापनि निश्चित भने छैन ।

नेकपाको दुई अध्यक्ष ओली र प्रचण्डबिचको विवादका कारण पटकपटक स्थायी समिति वैठक स्थगित भएको छ । असार १० गतेबाट शुरु भएको स्थायी समिति वैठक ८ पटकसम्म स्थगित भइसकेको छ । प्रधानमन्त्री ओली सहमतीमा नआएको कारण वैठकले कुनै निर्णय गर्न नसकेको हो ।

सोमबार खुमलटारमा प्रचण्डलाई उनिनिकटका स्थायी समिति सदस्यहरुले अब वैठक स्थगित गर्न नहुने सुझाव दिएका छन् । ओली सहमतीमा नआए बहुमतको आधारमा निर्णय गर्न पनि प्रचण्ड निकटका नेताहरुले सुझाएका छन् । त्यसैले आज स्थायी समिती वैठक स्थगित नहुने तथा कुनै न कुनै निर्णय अवस्य हुने देखिन्छ ।

प्रचण्ड र उनिनिकटका स्थायी समिति सदस्यहरुले प्रधानमन्त्रीलाई कुनै एक पदबाट राजिनामा दिनुपर्ने माग राख्दै आएका छन् । विगतमा भएको सहमतीको कार्यन्वयन गर्नुपर्ने माग प्रचण्डपक्षको छ भने कुनै हालतमा पनि राजिनामा गर्ने अडानमा छन् प्रधानमन्त्री ओली ।