दार्चुलामा पहिरोले घर पुर्यो, एक दम्पत्ती बेपत्ता

दियो पोस्ट  

काठमाडौँ, साउन १३ । दार्चुुलामा गएराति पहिरोले एक घर पुरिँदा एक दम्पत्ती बेपत्ता भएका छन् । दार्चुलाको दहुँ गाउँपालिका–३ सल्लीमा पहिरो खस्दा ५० बर्षीय रामदत्ता जोशी र उनकी ४५ बर्षीया पत्नी इन्द्रा जोशी पुरिएका छन् ।

प्रहरीका अनुसार उनिहरुका २१ बर्षीया छोरा सुनिल जोशी भने भागेर जोगिएका छन् । पहिरोले घर पुरिँदै गर्दा उनि भागेर बाँचेका थिए । बाबुआमाहरु पनि भाग्न खोजेको भएपनि नसकेकोले वेपत्ता भएका छन् ।

बेपत्ता भएको दम्पत्तीलाई प्रहरीले खोजी गरिरहेको छ । घटनास्थलमा बिहान ५ बजे प्रहरी पुगेको थियो ।

सिफारिस