काठमाडौँ, साउन १३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटि वैठक स्थगित भएको छ । आज ११ बजे बस्ने भनिएको वैठक दुई अध्यक्षको परामर्श र गृहकार्य बाँकी रहेको भन्दै स्थगित गरिएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले ट्वीट गर्दै पार्टी केन्द्रिय कमिटी वैठक स्थगित भएको जानकारी दिएका हुन् । ‘पार्टीका दुई जना अध्यक्षकाबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेको हुनाले, पार्टी स्थायी कमिटीको आज ११ः०० बजे हुने भनिएको बैठक स्थगित गरिएको छ’ उनले लेखेका छन् ।
वैठक स्थगित भएको भएतापनि कहिले बस्ने भन्नेबारे भने खुलाएका छैनन् । सोमबार प्रचण्डपक्षका स्थायी समिती सदस्यहरुको छलफलले कुनैपनि हालतमा स्थायी समिति वैठक स्थगित गर्न नहुने भन्दै बहुमतीय प्रणालीबाट निर्णय गर्न सुझाएका थिए ।