
फाइल फोटो
काठमाडौं, साउन १३ । काठमाडौँको कमलादीबाट १५ किलो सुन बरामद गरिएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले अवैध रुपमा भित्र्याइएको सुन बरामद गरेको हो ।
शंकास्पद व्यक्तिलाई पछ्याउने क्रममा प्रहरीले १५ किलो सुन सहित २ थान पेस्तोल समेत बरामद गरेको हो । आफुलाई प्रहरीले पिछा गरिरहेको थाहा पाएपछि उक्त ब्यक्तिले झोला फालेर भागेका थिए ।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।