वामदेवको प्रस्तावः महाधिवेशनसम्म ओलीलाई कुनैपनि पदबाट नहटाऔँ

दियोपोस्ट संवाददाता

काठमाडौँ, साउन १३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादले नयाँ मोड लिएको छ । यसअघिका स्थायी समिति वैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुबै पदबाट राजिनामा दिनुपर्ने माग राख्दै उपाध्यक्ष वामदेव गौतमले बोली फेरेका छन् ।

यसअघिको समयसम्म प्रचण्डको पक्षमा रहेका बामदेव पुनः ओलीतिर नै फर्किएका छन् । मंगलबारको स्थायी समिति वैठक स्थगित भएलगत्तै उपाध्यक्ष गौतमल नेकपामा जारि विवाद समाधान गर्नका लागि ६ बुँदे प्रस्ताव सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको प्रस्ताव अनुसार प्रधानमन्त्री रहेका अध्यक्ष ओलीलाई तत्कालका लागि कुनैपनि पदबाट हटाउन नहुने उल्लेख गरेका छन् ।

गौतमले जारि गरेको प्रस्तावमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सम्पुर्ण अधिकारसहितको कार्यकारी अध्यक्षको जिम्मेवारी दिने उल्लेख गरिएको छ । त्यसैगरि प्रधानमन्त्रीले सरकार संचालनमा पार्टीले कुनैपनि हस्तक्षेप नगर्ने कुरा पनि प्रस्तावमा उल्लेख गरिएको छ ।

उपाध्यक्ष गौतमले जारि गरेको प्रस्ताव यस्तो छ

१. कमरेड केपी शर्मा ओली एकता महाधिवेशन सम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधीभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने ।

२. कमरेड पुष्पकमल दाहाल प्रचण्ड एकता महाधिवेशनसम्म सम्पुर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने
३ं पार्टीको एकता महाधिवेशन सहमतीमा आयोजना गर्ने ।

४. प्रधानमन्त्रीको दैनन्दीनक कामहरु पार्टीले हस्तक्षेप नगर्ने । तर सरकारले राष्ट्रिय तथा अन्तराष्ट्रि महत्वका विषयहरुमा निर्णय गर्नुपुर्व पार्टीको सचिवालयमा परामर्श गर्ने । प्रशासन तथा सुरक्षा निकायका कर्मचारीहरुको पदोन्नती र सरुवाका लागि मापदण्ड निश्चित गरि कार्यान्वयन गर्ने ।

५. पार्टी केन्द्रिय सचिवालयको सुझाव र परामर्शमा मन्त्रीपरिषद पुनर्गठन तथा राजनीतिक तथा सम्वैधानिक नियुक्ति गर्ने । संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपुर्व सचिवालयको परामर्श लिने ।

६. अबदेखि पार्टीको वैठकहरु पार्टी कार्यलयमा आयोजना गर्ने ।

सम्बन्धित खबर

सिफारिस