ओलीले स्थगित गरेको स्थायी समिति वैठक प्रचण्डको अध्यक्षतामा बस्यो

दियोपोस्ट संवाददाता

काठमाडौँ, साउन १३ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले एकलौटी ढंगले स्थायी समिती वैठक स्थगित गरेको भएतापनी प्रचण्ड र माधव नेपाल पक्ष भने वैठक बसेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार प्रचण्ड र नेपाल पक्षका सदस्यहरुले वैठक गरेका हुन् ।

एकलौटी ढंगले वैठक स्थगित गरेको कारण प्रचण्डपक्षका नेताहरु आक्रोशित समेत बनेका थिए । छलफल र सहमती बिना नै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले वैठक स्थगित गरिएको सुचना सार्वजनिक गरेका थिए ।

पार्टीको वैठक भएको कारण वैठक शुचारु र संचालनबारे पार्टीकै प्रवक्ताले सुचना सार्वजनिक गर्नुपर्ने हो तर मंगलबार नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले वैठक स्थगित गर्नेबारे आफुलाई कुनैपनि जानकारी नआएको बताएका छन् । पार्टीका अर्का अध्यक्ष प्रचण्डले पनि वैठक स्थगित गर्नेबारे आफुलाई कुनै जानकारी नभएको बताएका छन् ।

वैठक बस्नुअघि झलनाथ खनाल र प्रचण्डले ओलीसँग छलफल गरेका थिए । तर कुनैपनि सहमती नभएपछि प्रचण्डको अध्यक्षतामा वैठक संचालन गरिएको हो ।

सम्बन्धित खबर

सिफारिस