कोरोना संक्रमित बढ्यो, २४ घण्टामा ३ सय ११ जनामा संक्रमण पुष्टि

दियोपोस्ट संवाददाता

काठमाडौँ, साउन १३ । सरकारले लकडाउन खुलाएको केही दिनमा नै कोरोना संक्रमितको संख्या तुलनात्मक रुपमा बढेको छ । मंगलबार नेपालभरमा थप ३ सय ११ जनामा कोरोना संक्रमण भेटिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ६३ पुगेको हो ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ । सोमबार मात्रै तीन जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको थियो ।

त्यस्तै मंगलबार १ सय २१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १३ हजार ७५४ पुगेको छ ।

सम्बन्धित खबर

सिफारिस